आज कुन राशि हुनेको दिन कस्तो?

हिमाल प्रेस २२ जेठ २०८३ ५:२४ | Friday, June 5, 2026
14
SHARES
आज कुन राशि हुनेको दिन कस्तो?

आज मिति जेठ २२ गते शुक्रबार। अधिक जेठ कृष्ण पञ्चमी तिथि। पञ्चाङ्ग ब्रह्म कौलव श्रवण। तदअनुसार जुन ५ तारिख २०२६ । तपाईँको राशिफल यस्तो छ।

सर्वप्रथम मेष राशि

स्वास्थ्यमा सुधार आउनेछ। भेटघाटमा समय बित्नेछ। विश्वास गरेकाले साथ दिनेछन्। रोकिएका कामहरु सुचारु हुनेछन्।

वृष

श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान प्राप्त हुने योग रहेको छ। पढाइ लेखाईमा प्रगति हुनेछ। आयआर्जन बढ्ने समय छ।

मिथुन

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। परिवार र आफन्तको सहयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापार व्यवसायमा फाइदा हुनेछ।

कर्कट

समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ।

सिंह

साथीभाईको सहयोगले महत्वपूर्ण कामहरु सफल हुनेछन्। व्यावसायिक काममा खर्च बढ्नेछ। हिम्मतले काम लिन सकिनेछ।

कन्या

पढाई लेखाइमा प्रगति हुनेछ। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

तुला

काममा विभिन्न अवसर पाइनेछ। समयमा सहि निर्णय लिन सक्ने क्षमताले अगाडि बढ्न मद्दत पुग्नेछ। अरुले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्।

वृश्चिक

रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ।

धनु

व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ। परिवारको सहयोगबाट विशेष फाइदा उठाउन सकिनेछ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ।

मकर

काममा परिवारको सहयोग प्राप्त हुनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ।

कुम्भ

आफ्नो क्षेत्रको नेतृत्व गर्दै विदेश जाने योग रहेको छ। अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ। काममा सजिलै सफलता मिल्नेछ।

मीन

आफन्तको सहयोगले महत्वपूर्ण कामको थालनी हुनेछ। प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ।

प्रकाशित: २२ जेठ २०८३ ५:२४ | Friday, June 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast