परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

हिमाल प्रेस १८ जेठ २०८३ १९:२० | Monday, June 1, 2026
20
SHARES
परराष्ट्रमन्त्रीसँग अमेरिकी उपविदेशमन्त्रीको भेट

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालसँग संयुक्त राज्य अमेरिकाका सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी रोजर्सले भेटवार्ता गरेका छन्।

सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा दुवै जनाबीच शिष्टाचार भेटवार्ता भएको हो।

त्यस अवसरमा दुवै जनाबीच नेपाल र अमेरिका बीचको सात दशकभन्दा लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायतका विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुवै पक्षले लगानी, व्यापार, संस्कृति तथा पर्यटनका क्षेत्रमा सहकार्य अभिवृद्धि गर्ने विषयमा पनि विचारविमर्श गरेका थिए।

प्रकाशित: १८ जेठ २०८३ १९:२० | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast