राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश द्वन्द्वतर्फ जान्छ : खनाल

हिमाल प्रेस १० असार २०८३ १९:४८ | Wednesday, June 24, 2026
12
SHARES
राजनीतिक व्यक्तिलाई अपराधीजस्तो व्यवहार गरे देश द्वन्द्वतर्फ जान्छ : खनाल

काठमाडौँ- पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले राजनीतिक व्यक्तित्वहरुलाई अपराधीजस्तो व्यवहार गरे देश अन्तरद्वन्द तर्फ जाने खतरा हुने बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै खनालले विभिन्न राजनीतिक व्यक्तित्वहरु माथि धरपकड भइरहेको भन्दै एउटा अपराधी जस्तो व्यवहार गर्न थाले देश समझदारी तर्फ नभइ अन्तरद्वन्द्वतर्फ जाने खतरा हुने बताएका हुन्। उनले सरकारले कानुनसम्मत प्रक्रियाहरुलाई अपनाएर र अनुसरण गरेर मात्रै कुनैपनि कदम चाल्नु उचित हुने धारणा राखे।

त्यस्तै खनालले अपरिपक्क ढंगले संविधान संशोधनको प्रक्रिया अघि बढाए देश दुर्घटनातर्फ जानसक्ने बताए। संविधान बनेको १० वर्ष भएको अवस्थामा संविधान कार्यान्वयनको समीक्षा गरेर मात्रै संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए।

खनालले हचुवाका भरमा संविधान संशोधन गर्ने र विभिन्न संरचना खारेज गर्ने कार्य उचित नहुने धारणा राखे। उनले अहिले पनि संविधानको भाग ४ लगायत धेरै कुराहरु लागू नै हुन नसकेको भन्दै रास्वपा नेतृत्वको सरकारलाई यसमा गम्भीर ध्यान पु¥याउन सुझाव दिए।

पूर्वप्रधानमन्त्री खनालले सीमाका विषयमा प्रधानमन्त्रीले सदनमा दिएको अभिव्यक्ति आश्चर्यजनक रहेको टिप्पणी गरे। सम्भवतः वालेन्द्र शाह प्रधानमन्त्री भइसकेपछि व्यक्त गरेका अभिव्यक्तिहरु मध्ये सबैभन्दा कच्चा अभिव्यक्ति सीमा सम्बन्धी भएको उनको भनाइ छ।

खनालले चितवनमा गएर प्रधानमन्त्रीले ’मेरो राष्ट्रियता माथि शंका गर्नु पर्दैन’ भनेको अवस्थामा संसदमा आएर रेकर्डबाट हटाउन स्वयं प्रधानमन्त्रीले आग्रह गर्नुपर्ने बताए। प्रधानमन्त्री आफैँले माग गरेर उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाए सारा देशले प्रधानमन्त्रीलाई समर्थन गर्ने उनको भनाई छ।

प्रकाशित: १० असार २०८३ १९:४८ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast