नेप्से परिसूचकमा झिनो अकंको वृद्धि

हिमाल प्रेस ३ असार २०८३ १६:०९ | Wednesday, June 17, 2026
8
SHARES
नेप्से परिसूचकमा झिनो अकंको वृद्धि सेयर बजार

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले उकालो लागेको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शुन्य दशमलव शुन्य आठ अंकले उकालो लागेर दुई हजार सात सय पाँच दशमलव ५३ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव २० अंकले घटेर चार सय ६४ दशमलव ४३ मा सिमित भएको छ।

कुल ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता शेयर तीन अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० मूल्यमा कारोबार भएको छ।

कारोबारका आधारमा एनआरएन इन्फास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा छ। यस्तै, रिलायन्स स्पिनिङ मिल्स, बुङ्गल हाइड्रो, सेन्ट्रल फाइनान्स, आँखु खोला जलविद्युत् कम्पनी शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।

नेप्सेका अनुसार सोपान फर्मासिटिकल्स, अपोलो हाइड्रोपावर, बुङ्गल हाइड्रो, त्रिशूली जलविद्युत् कम्पनी, एबिएल डिवेञ्चरका लगानीकर्ताले कमाएका छन्।

एनएमबी डिवेञ्चर, प्राइम डिवेञ्चर, एबिएस डिवेञ्चर, डोल्टी पावर कम्पनी र लक्षमी उन्नति कोषका लगानीकर्ताले भने गुमाएका छन्।

प्रकाशित: ३ असार २०८३ १६:०९ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast