पढाइमा उत्कृष्टलाई गाउँपालिकाको पुरस्कार, एमबीबीएस छात्रालाई २ लाख छात्रवृत्ति

हिमाल प्रेस १२ असार २०८३ १३:०२ | Friday, June 26, 2026
12
SHARES
पढाइमा उत्कृष्टलाई गाउँपालिकाको पुरस्कार, एमबीबीएस छात्रालाई २ लाख छात्रवृत्ति

भोजपुर-  एसईईमा पालिकाभित्र उत्कृष्ट अंक ल्याउने छात्रछात्रालाई गाउँपालिकाले नगद पुरस्कारसहित सम्मान गरेको छ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले एसईईमा उत्कृष्ट ल्याउने एक छात्र र एक छात्रालाई नगद ५० हजारसहित सम्मान गरेको हो।

गाउँपालिकाको केन्द्र वडा नम्बर ३ मा रहेको अन्नपूर्ण बागधन रणदिवा माध्यमिक विद्यालयबाट उत्कृष्ट हुने छात्र आविष्कार घिमिरे र वडा नम्बर ८ गोगनेमा रहेको विधेश्वर माविकी छात्रा स्नेहा राईलाई गाउँपालिकाले रु ५० हजार र सम्मानपत्र प्रदान गरेको हो।

आविष्कार तीन दशमलव ५४ र स्नेहा तीन दशमलव ३७ जीपीएसहित पालिका प्रथम भएका थिए।

पालिकाको आगामी दिनमा अध्ययनमा उनलाई सहयोग हुने गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।

गाउँपालिकाले विधेश्वरमा मावि गोगनेबाट एसईई उत्तीर्ण गरी एमबीबीएस अध्ययनरत छात्रा सान्गेन्मा साङपाङ राईलाई दुई लाख छात्रवृत्ति प्रदान गरेको छ।

प्राविधिक विषयमा अध्ययरनत अनुशासित तथा उत्कृष्ट विद्यार्थीहरू पस्लमु शेर्पा, इसा राई र चुडामणि श्रेष्ठलाई नगद रु ५० हजारका दरले छात्रवृत्तिसमेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

यस वर्षका जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गाउँपालिकाबाट सहभागी भई प्रथम स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजारसहित सम्मानपत्र प्रदान गरिएको छ।

प्रकाशित: १२ असार २०८३ १३:०२ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast