काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ। आइतबार बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित भएको थियो। सोही बैठक आज बिहान ८ बजे बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयनका विषयमा छलफल गर्ने कार्यसूची छ। बैठकमा अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समितिअन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि, विधान संशोधन, संघीय सांसदहरूको पार्टी जिम्मेवारीलगायत विषयमा छलफल हुने कार्यसूची छ ।
प्रकाशित: १८ जेठ २०८३ ६:३० | Monday, June 1, 2026
प्रतिक्रिया




