रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

हिमाल प्रेस १२ असार २०८३ ५:२१ | Friday, June 26, 2026
12
SHARES
रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान मतदानका लागि तयारी अवस्थामा राखिएका विद्युतीय उपकरण

भरतपुर- चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि दोस्रो चरणको निर्वाचन कार्य तालिका सार्वजनिक गरिएको छ।

केन्द्रीय निर्वाचन आयोगले बिहीबार राति अबेर सूचना जारी गर्दै निर्वाचनका विभिन्न प्रक्रिया र मतदानको समय तोकेको हो।

सार्वजनिक कार्य तालिका अनुसार निर्वाचनका प्रक्रियाहरू बिहीबार राति ११:४० बजेदेखि नै सुरु भएका छन्।

राति ११:४० देखि ११:५५ सम्म उम्मेदवारी मनोनयन फाराम वितरण गरिएको थियो भने ११:५५ देखि शुक्रबार बिहान १२:२५ सम्म मनोनयन दर्ताको समय तोकिएको थियो।

यस्तै बिहान १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, १:१५ देखि १:४० बजेसम्म उम्मेदवार बिरुद्ध दाबी बिरोध र उम्मेदवारी फिर्ता र बिहान १:४० देखि ३ बजेसम्म निर्वाचन तथा मतदान प्रकृयाको तयारी गरिने आयोगले जनाएको छ।

आयोगका अनुसार बिहान ३:३० मा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरेसँगै बिहान ४ बजेदेखि १० बजेसम्म मतदान प्रक्रिया सञ्चालन हुनेछ।

आयोगले सबै प्रतिनिधि तथा सरोकारवालालाई तोकिएको समयतालिका अनुसार आवश्यक तयारीसहित सहभागी हुन आग्रह गरेको छ।

प्रकाशित: १२ असार २०८३ ५:२१ | Friday, June 26, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast