रास्वाप महाधिवेशन : प्यानल र गुट बनाउन निषेध

हिमाल प्रेस ६ असार २०८३ १५:३५ | Saturday, June 20, 2026
8
SHARES
रास्वाप महाधिवेशन : प्यानल र गुट बनाउन निषेध

काठमाडौँ-  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा प्यानल वा गुट बनाउन निषेध गरिएको छ। रास्वपाले महाधिवेशनलक्षित चार बुँदे आचारसंहिता जारी गर्दै निर्वाचनका क्रममा प्यानल वा गुटबन्दी गर्न निषेध गरेको हो।

‘निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा अधारित हुनेछ। निर्वाचनको क्रममा कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन,’ आचारसंहितामा उल्लेख छ।

त्यस्तै निर्वाचन आयोगले विधिवत रुपमा उम्मेदवारी प्रमाणित गरेपछि मात्र उम्मेदवारहरुले औपचारिक प्रचारप्रसार सुरु गर्न पाउनेछन्।

रास्वपाले महाधिवेशनमा उम्मेदवार बन्नेहरुलाई सामाजिक सञ्जालका माध्यमबाट समेत विज्ञापन गर्न निषेध गरेको छ।

‘सामाजिक सञ्जाल (फेसबुक, टिकटक, इन्स्टाग्राम आदि), एसएमएस र विशुद्ध सञ्चारमाध्यमबाट भ्रामक सूचना सम्प्रेषण गर्न, सशुल्क विज्ञान गर्न वा मत माग्न पाइने छैन। प्रचार सामग्रीहरु मर्यादित, तथ्यपरक र विशुद्ध व्यक्तिगत हुनुपर्नेछ,’ आचारसंहितामा भनिएको छ।

रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरू हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनमा सहभागी हुन पार्टीका शीर्ष नेताहरू भरतपुर पुगिसेका छन्। शनिबार त्यहाँ रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक बसेको छ।

पार्टीका शीर्ष नेताहरूले महाधिवेशनबाट सहमतिमै नेतृत्व र पदाधिकारी चयन गर्ने प्रयास भइरहेको बताएका छन्। महाधिवेशनमा देशभरबाट चार हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ।

प्रकाशित: ६ असार २०८३ १५:३५ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast