रास्वपा सभापति रवि लामिछाने
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदैछन्। रवि भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत जान लागेका हुन् । भ्रमणका क्रममा उनले राजनीतिक भेटघाट तथा त्यहाँ रहेका नेपालीसँग समेत संवाद गर्ने रास्वपाले जनाएको छ ।
रविसँगै श्रीमती निकिता पौडैल, सहमहामन्त्री विपिन आचार्य, विदेश विभाग प्रमुख दीपक बोहोरा र प्रदीप आचार्य भारत जाने रास्वपाले जनाएको छ ।
प्रकाशित: १८ जेठ २०८३ ६:२७ | Monday, June 1, 2026
प्रतिक्रिया




