भारतीय परराष्ट्रमन्त्री एसजयशंकरसँग मंगलबार नयाँदिल्लीमा भेट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। साथमा भारतीय परराष्ट्र सचिव विक्रम मिसरी। तस्बिर साभार : जयशंकरको एक्स पेज
काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेसँग भारतीय परराष्ट्रमन्त्री एस जयशंकरले मंगलबार नयाँदिल्लीमा भेटवार्ता गरेका छन्। भेटपछि भारतीय पक्षले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै मन्त्री जयशंकरले भेटलाई सौहार्दपूर्ण र सकारात्मक भएको उल्लेख गरेका छन्।
भेटका क्रममा भारत–नेपाल विकास साझेदारी, आर्थिक सहकार्य तथा जनजनबीचको सम्बन्धका विषयमा छलफल भएको जयशंकरले लेखेका छन्।
उनले दुई देशबीचको विकास साझेदारी र आपसी सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता संवादहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्। भेटमा भारतीय परराष्ट्र सचिव विक्रम मिसरी पनि सहभागी थिए। भेटको विस्तृत एजेन्डा र छलफलका थप विवरण सार्वजनिक गरिएको छैन।

प्रकाशित: १९ जेठ २०८३ १७:४३ | Tuesday, June 2, 2026
प्रतिक्रिया




