रास्वपा ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ

हिमाल प्रेस २४ जेठ २०८३ ११:०७ | Sunday, June 7, 2026
रास्वपा ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ चयन भएका छन्। गए राति सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट उहाँ सर्वसम्मतिमा चयन भएका हुन्। पार्टी उपसभापतिमा मानबहादुर तामाङ, सचिवमा लीलाप्रसाद पौडेल र सहसचिवमा गोपाल गुरागाईं चुनिएका छन्।

अधिवेशनले सात जना सदस्य पनि सर्वसम्मतिमा चुनेको छ। उनीहरू कमल लेछर्वो, छत्रबहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्रकुमार थापा रहेका छन् । नवनिर्वाचित नेतृत्वले जिल्लामा संगठन विस्तार, सुदृढीकरण तथा सुशासनका एजेण्डालाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य मिंग्मा शेर्पाले शनिबार अपराह्न अधिवेशन उद्घाटन गरेका थिए।

प्रकाशित: २४ जेठ २०८३ ११:०७ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast