विपक्षी अवरोधपछि एक साताका लागि संसद् बैठक स्थगित

हिमाल प्रेस १९ जेठ २०८३ १५:४६ | Tuesday, June 2, 2026
विपक्षी अवरोधपछि एक साताका लागि संसद् बैठक स्थगित

काठमाडौँ– नेपालले भारतीय सीमा मिचेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्ति फिर्ता लिन माग गर्दै प्रतिपक्षी दलहरूले अवरोध गरेपछि जेठ २५ गतेका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको मंगलबारको बैठकमा उक्त जानकारी दिएका हुन्।

असअघि बैठकमा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले प्रधानमन्त्रीको अभिव्यक्ति अत्यन्त त्रुटिपूर्ण र आपत्तिजनक रहेको बताएका थिए। उनले भने, ‘हाम्रो पार्टी यो विरोधको कडा विरोध गर्दछ।’ उनले प्रधानमन्त्री वालेनले जानेरै यस्तो अभिव्यक्ति दिएको हो भने खतरनाक रहेको बताए।

उनले प्रधानमन्त्रीले उक्त भनाइ फिर्ता लिएर संसद्‌मा माफी मागेपछि मात्रै संसद् चल्न दिने बताए।

श्रम संस्कृति पार्टीका हर्कराज राईले प्रधानमन्त्रीजस्तो सरकारको प्रमुख व्यक्तिले राखेको अभिव्यक्ति अविलम्ब सच्याउनुपर्ने माग गरेका थिए। उनले प्रधानमन्त्री आएर संसद् बैठकमा आएर त्यसको जबाफ दिनुपर्ने पनि माग गरे। उनले भने, ‘नेपालले भारतको कुनकुन सीमा मिचेको छ, त्यो कुरा यहाँ आएर यहाँ आएर पुष्टि गरेर दिनुपर्छ। सरकारलाई गल्ती गर्ने छुट छैन।’ साथै उनले प्रधानमन्त्रीले संसद्‌मा आएर माफी माग्नुपर्ने बताए।

राप्रपाकी खुस्बु ओलीले भनिन्, ‘प्रधानमन्त्रीको अभिव्यक्ति कूटनीतिक, कानुनी र राष्ट्रिय सुरक्षाको दृष्टिकोणले अन्यन्त गम्भीर विषय बनेको छ।’ उनले प्रधानमन्त्री भनेको व्यक्ति नभएर संस्था रहेको पनि स्मरण गराइन्। साथै उनले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय संकट निम्तिने चिन्ता व्यक्त गरिन्।

नेकपा युवराज दुलालले प्रधानमन्त्रीले राष्ट्रको सीमाको विषयमा बोलेको कुरा राष्ट्रिय चिन्ताको विषय भएकाले यसको समस्याको समाधान संसद्बाट निस्कनैपर्ने बताएका थिए। उनले प्रधानमन्त्रीको अभिव्यक्तिबारे राष्ट्रिय स्वतन्त्र पार्टी धारणा पनि संसदमा आउनुपर्ने बताए। यसैगरी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संसद्का्े रेकर्डबाट हटाउनुपर्ने माग गरे। सीमाको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति अन्त्यन्त संवेदनशील रहेको बताए।

प्रकाशित: १९ जेठ २०८३ १५:४६ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast