रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी

हिमाल प्रेस २४ जेठ २०८३ ९:१६ | Sunday, June 7, 2026
6
SHARES
रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाको जिल्ला सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन्। सम्पन्न मतगणनाअनुसार भण्डारीले ३४१ मत प्राप्त गर्दै नेतृत्व हात पारेका हुन्। सभापति पदका उनका निकटतम प्रतिद्वन्द्वी लक्ष्मण बस्नेतले २४७ मत प्राप्त गर्दा अर्का उम्मेदवार अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन्।

उपसभापतिमा पुष्पलाल ढकाल २१० मतसहित निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी शान्ता तामाङले १९८, लिला खड्काले १११ र देव संग्रौलाले ९३ मत प्राप्त गरेका छन्। सचिव पदमा विरोध सुवेदी ३६८ मतसहित विजयी बनेका छन्। उनका प्रतिस्पर्धी रविन खड्काले २३५ मत प्राप्त गरेका छन्। यस्तै सहसचिवमा भिमबहादुर कुँवर ३५२ मतसहित निर्वाचित हुँदा राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत पाएका छन्।

जातीय आधारतर्फको सदस्य पदमा राजनारायण राजवंशी २१२ मतसहित विजयी भएका छन्। उनका प्रतिस्पर्धी सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत प्राप्त गरेका छन्। खुला तथा महिला सदस्यतर्फ डिल्ली न्यौपाने, शान्तिमाया न्यौपाने र मुना सापकोटा निर्वाचित भएका छन्। उक्त पदका लागि ११ जनाको प्रतिस्पर्धा भएको थियो।

यसैगरी क्षेत्रीय सभापतिहरूमा क्षेत्र नम्बर १ मा कमल गौतम, २ मा गोपाल कट्वाल, ३ मा कमल बानियाँ, ४ मा लिलामाया बस्नेत र ५ मा चुणामणि पाठक निर्वाचित भएका छन्। रास्वपा झापाको नयाँ नेतृत्व चयनसँगै जिल्लामा पार्टी संगठनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

 

प्रकाशित: २४ जेठ २०८३ ९:१६ | Sunday, June 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast