अमलेटमा माछाको काँडा भेटिएको घटनामा कसैलाई पक्राउ गरिएको छैन : सचिवालय

हिमाल प्रेस ११ असार २०८३ १०:३४ | Thursday, June 25, 2026
16
SHARES
अमलेटमा माछाको काँडा भेटिएको घटनामा कसैलाई पक्राउ गरिएको छैन : सचिवालय

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङको सचिवालयले गृहमन्त्रीसँग सम्बन्धित विषयमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ।

चितवनस्थित एक होटलमा गृहमन्त्रीले अमलेट खाने क्रममा माछाको काँडा (हड्डी) भेटिएको विषयलाई लिएर आएका केही समाचारमा तथ्यगत त्रुटि भएको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार उक्त घटनापछि सम्बन्धित निकायले खाद्य गुणस्तर तथा सरसफाइसम्बन्धी विषयमा होटल व्यवस्थापनसँग सामान्य सोधपुछ गरेको थियो। तर, घटनाका सम्बन्धमा कुनै पनि होटल कर्मचारीलाई पक्राउ नगरिएको सचिवालयको भनाइ छ।

गृहमन्त्रीको सचिवालयले सत्यतथ्य नबुझी भ्रामक समाचार सम्प्रेषण नगर्न सञ्चारमाध्यमलाई आग्रह गर्दै आधिकारिक जानकारीका लागि सम्बन्धित निकाय वा सचिवालयसँग सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: ११ असार २०८३ १०:३४ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast