राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

हिमाल प्रेस १६ असार २०८३ २१:५३ | Tuesday, June 30, 2026
8
SHARES
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी

काठमाडौँ- नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३५ अर्ब रुपैयाँको ऋणपत्रको बोलकबोलको लागि आह्वान गरेको छ।

राष्ट्र बैंकले मंगलबार सार्वजनिक सूचना जारी गरेर ऋणपत्र २०८४ ‘क’ अनलाइनमार्फत बोलकबोल गर्न सकिने जनाएको छ। ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउने जनाएको छ।

काउन्टरपार्टीले ऋणपत्रको बोलकबोलमा कबोल गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने बताइएको छ। राष्ट्र बैंकले न्यूनतम पाँच करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान रकमसम्म बोलकबोल गर्न सकिने जनाइएको छ।

प्रकाशित: १६ असार २०८३ २१:५३ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast