फेवा तालमा हावाहुरीपछि फसेका ९ पर्यटकको नेपाली सेनाद्वारा सकुशल उद्धार

हिमाल प्रेस २५ जेठ २०८३ ११:४३ | Monday, June 8, 2026
फेवा तालमा हावाहुरीपछि फसेका ९ पर्यटकको नेपाली सेनाद्वारा सकुशल उद्धार

काठमाडौँ- हावाहुरीका कारण पोखराको फेवा तालमा उत्पन्न उच्च छालमा फसेका ९ जना पर्यटकलाई नेपाली सेनाले आइतबार (जेठ २४ गते) सकुशल उद्धार गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उद्धार गरिएकामध्ये ५ जना भारतीय नागरिक रहेका छन्।

हावाहुरीका कारण तालमा छाल बढेपछि प्याडल तथा सर्फिङ बोटमा रहेका पर्यटकहरू जोखिममा परेका थिए। त्यसपछि नेपाली सेनाको नं. १ विपद् व्यवस्थापन गण र महावीर (रेन्जर) गणबाट खटिएको टोलीले तत्काल उद्धार कार्य सञ्चालन गरेको थियो।

सेनाले ती पर्यटकहरूलाई सुरक्षित रूपमा किनारमा ल्याएर सकुशल उद्धार गर्न सफल भएको जनाएको छ।

आकस्मिक मौसम परिवर्तनका कारण हुन सक्ने यस्ता घटनालाई ध्यानमा राख्दै सुरक्षा निकायले सतर्कता अपनाउन आग्रहसमेत गरेको छ।

प्रकाशित: २५ जेठ २०८३ ११:४३ | Monday, June 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast