रास्वपा सभापति लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत (तस्बिरहरू)

हिमाल प्रेस १९ जेठ २०८३ १२:३३ | Tuesday, June 2, 2026
18
SHARES
रास्वपा सभापति लामिछानेलाई भाजपा कार्यालयमा भव्य स्वागत (तस्बिरहरू)

काठमाडौँ- भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राजनीतिक भेटघाट सुरु गरेका छन्। उनलाई सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले दिल्लीमा निमन्त्रणामा गरेको थियो। भाजपा केन्द्रीय कार्यालयमा उनलाई परम्परागत झाँकी, फूलमाला तथा सम्मानसहित भव्य स्वागत गरिएको छ।

भ्रमणका क्रममा उनले भाजपा अध्यक्ष नितिन नवीनसँग कुरा गरेका छन्। उनीहरूले पार्टी कार्यालयको संरचना र कार्यशैलीबारे जानकारी गराएको छ। रास्वपाका अनुसार उनीहरूले दुई देशका लोकतान्त्रिक अभ्यास, दलगत अनुभव आदान–प्रदान, राजनीतिक सहकार्य तथा आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल गरेका छन्।

लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत गएका हुन्। भ्रमण अवधिमा उनले नेपाली समुदाय र आफ्ना समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। उनले भारतमा अयोध्या समेत भ्रमण गर्ने कार्यक्रम रहेको छ।

प्रकाशित: १९ जेठ २०८३ १२:३३ | Tuesday, June 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast