महाधिवेशनले पार्टीलाई जिम्मेवार र बलियो बनाउँछ : तिमिल्सिना

हिमाल प्रेस ११ असार २०८३ १३:५९ | Thursday, June 25, 2026
10
SHARES
महाधिवेशनले पार्टीलाई जिम्मेवार र बलियो बनाउँछ : तिमिल्सिना

चितवन- सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले महाधिवेशनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई थप सुदृढ, जिम्मेवार र एकीकृत बनाउने बताएका छन्।

पार्टीको पहिलो महाधिवेशनमा मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले महाधिवेशनपछि पार्टी थप बलियो र जिम्मेवार ढंगले अघि बढ्ने बताए।

‘रास्वपाभित्र गुटउपगुट नभएकाले एकीकृत भएर जानुको विकल्प छैन। महाधिवेशन प्रतिनिधिले दिएको निर्णयलाई आत्मसात गरी रास्वपालाई राम्रो बनाउने हाम्रो जिम्मेवारी हो’, उनले भने,‘पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शंका छैन।’

राजनीतिक पार्टी जीवनमा महाधिवेशनको ठूलो अर्थ रहने बताउँदै मन्त्री तिमिल्सिनाले महाधिवेशनले पार्टीलाई थप बलियो र एकीकृत बनाएर लैजाने धारणा राखे।

तिमिल्सिनाले महाधिवेशनले छान्ने नेतृत्वले मुलुकको सबैभन्दा ठूलो राजनीतिक दल रास्वपालाई आमनागरिकको अपेक्षा अनुरुप अगाडि बढाउने विश्वास दिलाए।

प्रकाशित: ११ असार २०८३ १३:५९ | Thursday, June 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast