काठमाडौँ- नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा रहेको सदस्यता व्यवस्थापन समितिको सिफारिस तथा केन्द्रीय समितिको निर्णयअनुसार प्रतिनिधिहरूलाई जिल्लामा पठाइएको हो।
कांग्रेसले हालै नयाँ क्रियाशील सदस्यताका लागि आवेदन खुला गरेको छ। सदस्यता लिन इच्छुकले अनलाइनमार्फत समेत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। नयाँ क्रियाशील सदस्यताका लागि आवेदन दिने अन्तिम मिति असार २० गते तोकिएको छ।
खटाइएका केन्द्रीय प्रतिनिधिहरूले असार २० गतेसम्म सम्बन्धित जिल्लामा रहेर नयाँ क्रियाशील सदस्यता वितरण प्रक्रियाको समन्वय, सहजीकरण तथा अनुगमन गर्ने जिम्मेवारी निर्वाह गर्नेछन्।
पार्टीले यसपटक नयाँ क्रियाशील सदस्यता वितरणमा ३५ वर्षमुनिका युवाको अधिकतम सहभागिता सुनिश्चित गर्ने लक्ष्य लिएको छ।
कांग्रेसले विशेष महाधिवेशनमा प्रस्तावित विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट तीन जनाका दरले ३५ वर्षमुनिका युवालाई महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी गराउने व्यवस्था प्रस्ताव गरेको छ। सोही लक्ष्यअनुसार युवालाई क्रियाशील सदस्यतामा आकर्षित गर्न विशेष जोड दिइएको पार्टीले जनाएको छ।
को कुन जिल्लामा?
बर्दिया सुरेन्द्रप्रसाद चौधरी
अर्घाखाँची राजेन्द्रगोपाल सिंह
गुल्मी हरि आचार्य
पाल्पा मुना भुसाल
रुपन्देही नारायणप्रसाद भट्टराई
कपिलवस्तु प्रदीपराज शर्मा
परासी केशवप्रसाद निरौला
गोरखा तिलक रानाभाट
लमजुङ कृष्णबहादुर केसी
तनहुँ कुशुमदेवी थापा मगर
मनाङ मनकुमारी गुरूङ
मुस्ताङ जगदीश उपाध्याय
म्याग्दी छन्दबहादुर पहराई
बाग्लुङ जितनारायण श्रेष्ठ
पर्बत गण्डकी रेसमबहादुर बानियाँ
कास्की गण्डकी विष्णुदेवी पाण्डे
स्याङ्जा गण्डकी दीपक भट्टराई
नवलपुर गण्डकी गोपाल दहित
दोलखा बाग्मती ओम घर्ती मगर
रामेछाप सिता मिजार
सिन्धुली मुकेश काफ्ले
काभ्रे शिव सुनार
सिन्धुपाल्चोक इच्छृ राना
काठमान्डौं उदयशमसेर राणा
ललितपुर मनोजमणि आचार्य
भक्तपुर राजेन्द्रकुमार केसी
रसुवा बाग्मती ईश्वर अधिकारी
नुवाकोट वंशलाल तामाङ
धादिङ सुशील भट्ट
चितवन डा. केदार नरसिंह केसी
मकवनपुर बद्रीप्रसाद अर्याल
सप्तरी रामपल्टन साह
सिरहा रामकुमार यादव
धनुषा सुवासकुमार पोख्रेल
महोत्तरी शम्भुलाल श्रेष्ठ
सर्लाही अनिलकुमार झा
रौतहट प्रमोदहरि गुरागाई
बारा मथुराप्रसाद घिमिरे
पर्सा उज्वलप्रसाद बराल
ताप्लेजुङ हिमालय कर्माचार्य
पाँचथर उमा शिवाकोटी
इलाम यदु विष्ट
झापा राजीव कोइराला
मोरङ सुधीरकुमार शिवाकोटी
सुनसरी कुमार लुइँटेल
धनकुटा नगेन्द्र कुमाल
उदयपुर दिनेश कुमार यादव
भोजपुर दिपनकुमार श्रेष्ठ
तेह्रथुम मेदिनीप्रसाद सिटौला
संखुवासभा रूद्र कन्दङ्वा
सोलुखुम्बु लक्ष्मी परियार
खोटाङ दीपक अधिकारी
ओखलढुङ्गा आङ्गेलु शेर्पाअछाम जगतप्रसाद जोशी
बझाङ बिजयबहादुर स्वाँर
बाजुरा गणेशराज भट्ट
डोटी हिम बहादुर रावल
डडेलधुरा सम्झना खत्री
दार्चुला सन्तोषी साउद ऐरी
बैतडी सुशीला मिश्र भट्ट
कञ्चनपुर दीलेन्द्रप्रसाद बडू
कैलाली मधु आचार्य
हुम्ला सूर्यबहादुर विक
जुम्ला तपेन खडका
मुगु युवराज पाण्डेय
कालिकोट कमलराज रेग्मी
डोल्पा बलदेव तिमिल्सिना
दैलेख तीर्थजंग शाही
सुर्खत लेखनाथ पोख्रेल
सल्यान केशवराज आचार्य
रुकुम पश्चिम नारायण कोइराला
जाजरकोट छाया सुनार
रुकुम भीम श्रीष
रोल्पा किरणकिशोर घिमिरे
प्यूठान टेकराज पौडेल
दाङ राधेश्याम पाठक
बाँके महेन्द्र शर्मापरासी केशवप्रसाद निरौला
गोरखा तिलक रानाभाट
लमजुङ कृष्णबहादुर केसी
तनहुँ कुशुमदेवी थापा मगर
मनाङ मनकुमारी गुरूङ
मुस्ताङ जगदीश उपाध्याय
म्याग्दी छन्दबहादुर पहराई
बाग्लुङ जितनारायण श्रेष्ठ




