पाकिस्तानमा बम विस्फोट, सात जनाको मृत्यु

हिमाल प्रेस ६ असार २०८३ १४:५२ | Saturday, June 20, 2026
8
SHARES
पाकिस्तानमा बम विस्फोट, सात जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत बन्नु जिल्लामा सडक किनारमा भएका दुई छुट्टाछुट्टै विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार यात्रु बोकेको एक निजी पिकअप ट्रकलाई रिमोट–कन्ट्रोल गरिएको ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ मार्फत लक्षित गरिएको थियो।

घाइतेहरूलाई अस्पताल लैजाने क्रममा उद्धारका लागि प्रयोग गरिएको अर्को सवारीसाधनमा पनि दोस्रो विस्फोट हुँदा थप मानवीय क्षति भएको बताइएको छ। दुवै विस्फोटमा तीन जना घाइते भएका छन्।

घटनाको जिम्मेवारी तत्काल कुनै समूहले लिएको छैन। तर सो क्षेत्रमा तहरिक–ए–तालिवान पाकिस्तान (टीटीपी) सक्रिय रहँदै आएको सुरक्षा निकायले जनाएको छ।

पाकिस्तानले देशभित्र पछिल्ला आक्रमणहरू बढ्नुमा छिमेकी अफगानिस्तानको भूमिलाई आधार बनाएर हुने गतिविधिलाई जिम्मेवार ठहर गर्दै आएको छ।

यता काबुलस्थित तालिवान सरकारले भने आफ्नो भूमि आतंकवादी समूहलाई सुरक्षित आश्रयस्थलका रूपमा प्रयोग हुन दिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। दुवै देशबीच पछिल्ला महिनाहरूमा सीमापार तनाव र हिंसात्मक झडपहरू समेत देखिएका छन्।

प्रकाशित: ६ असार २०८३ १४:५२ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast