दाङ- नेपाली सेनाको शीघ्र प्रभावी आयोजना अन्तर्गत ज्वालादल गणले दाङको दंगीशरण गाउँपालिका-६, बागरमा निर्माण सम्पन्न गरेको थारु समुदायको धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र ‘भूँयारथान’ स्थानीय समुदायलाई हस्तान्तरण गरिएको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त संरचना जेठ २२ गते मध्य पश्चिम पृतना हेडक्वार्टरका पृतनापतिद्वारा स्थानीय समुदायलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।
थारु समुदायको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको उक्त ‘भूँयारथान’ स्थानीयस्तरमा आस्था, परम्परा र सांस्कृतिक गतिविधि सञ्चालनका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा रहेको छ।
कार्यक्रममा नेपाली सेना र स्थानीय समुदायबीच सहकार्य र सामाजिक विकासका गतिविधि विस्तार गर्ने विषयमा पनि जोड दिइएको थियो।
प्रकाशित: २५ जेठ २०८३ ११:४९ | Monday, June 8, 2026
प्रतिक्रिया




