रवि निर्विरोध सभापति बनेपछि बालेनको शुभकामना- देशलाई सफल बनाउनुहोस्

हिमाल प्रेस १० असार २०८३ ६:२१ | Wednesday, June 24, 2026
14
SHARES
रवि निर्विरोध सभापति बनेपछि बालेनको शुभकामना- देशलाई सफल बनाउनुहोस्

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले रास्वपाको प्रथम महाधिवेशनका अवसरमा पार्टीलाई शुभकामना दिएका छन्।

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भएपछि शाहले गएराति सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘शुभकामना हाम्रो पार्टीलाई। सबै जाना सफल हुन, देश लै सफा बनाउस्।’

उक्त सन्देशसँगै शाहले आफू र सभापति लामिछानेसँगै रहेको तस्बिर पनि सार्वजनिक गरेका छन्।

महाधिवेशनअन्तर्गत आज केन्द्रीय सदस्यसहित अन्य पदका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ।

प्रकाशित: १० असार २०८३ ६:२१ | Wednesday, June 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast