काठमाडौँ- सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ५ हजार १०० रुपैयाँले घटेर २ लाख ८६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन तोलामा २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको भाउ पनि घटेको छ। बुधबार प्रतितोला ४ हजार ७६० रुपैयाँमा काराबार भएको चाँदी बिहीबार घटेर ४ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रकाशित: २८ जेठ २०८३ ११:३५ | Thursday, June 11, 2026
प्रतिक्रिया




