हेर्नुस् आजको राशिफल

हिमाल प्रेस २८ जेठ २०८३ ६:२६ | Thursday, June 11, 2026
16
SHARES
हेर्नुस् आजको राशिफल

बिहीबार, २८ जेठ २०८३ (११ जुन २०२६)। –

मेष: धार्मिक कार्यप्रति आकर्षण बढ्नेछ। ठूला तथा सम्मानित व्यक्तिबाट मेहनतको प्रशंसा प्राप्त हुनेछ। रोकिएका कामले गति लिने सम्भावना छ। बाटो आफैं बन्छ, मात्र हिँड्ने आँट चाहिन्छ भन्ने मन्न मनन गर्नु होला।

भाग्यशाली रङ गुलाबी र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। उत्तर दिशाको यात्रा नगर्ने।

वृष: बोलेका कुराको गलत अर्थ लाग्न सक्ने भएकाले संवादमा सावधानी अपनाउनु उचित हुनेछ। झन्झट वा आलोचनाको सामना गर्नुपर्ने हुन सक्छ। पारिवारिक जिम्मेवारीका कारण परिवारलाई पर्याप्त समय दिन नसकिएला।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मिथुन: सजिलै अरूको विश्वास जित्न सकिने दिन छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि अनुकूल समय छ। मनमा शान्ति र सन्तुष्टिको अनुभूति हुनेछ। व्यापारिक तथा दैनिक कार्य सन्तोषजनक रूपमा सम्पन्न हुनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। कालो रङको प्रयोग नगर्ने।

कर्कट: दिन भाग्यशाली भएर देखा पर्नेछ। तर्क, विवाद र प्रतिस्पर्धामा पकड हुनेछ। नयाँ ठाउँमा रमाइला यात्रा हुनेछन्। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। वैदेशिक कार्य कमजोर रहनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

सिंह: शुभारम्भको चर्चा चल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सामाजिक कार्य अघि बढ्नेछ। ठूला व्यक्तिले मेहनतको प्रशंसा गर्नेछन्। व्यापार व्यवसायबाट आम्दानी हुनेछ। नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: मनमा उत्साह र उमङ्गको कमी देखिनेछ। शत्रुहरूको गतिविधिले आत्मबल घटाउन सक्छ, सचेत रहनु होला। मध्य दिनपछि शुभकार्यको चर्चा चल्न सक्छ। सेयर बजारबाट राम्रै आम्दानी हुनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ६० र शिक्षामा ३५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: इच्छा-आकाङ्क्षा पूर्ण हुनेछन्। मन प्रसन्न रहनेछ भने महत्त्वाकाङ्क्षा बढ्नेछन्। परिवारसँग रमाइलो भेटघाट हुनेछ। साँझमा केही तनाव बढेको महसुस भए पनि समग्रमा दिन सकारात्मक नै रहनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

वृश्चिक: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। लामो दूरीको लाभदायक यात्रा हुनेछ। प्रेमीको सहयोग पाइनेछ। सन्तानबाट सुख मिल्ला। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। झुट नबोल्ने।

धनु: नयाँ र शुभ कार्यको योग छ। नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। राजनीतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै सफल यात्रा हुनेछ। आफन्त एवं परिवारजनबाट विशेष लाभ हुनेछ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शङ्करजीको दर्शन गर्ने। छलकपट नगर्ने।

मकर: घरपरिवारमा झैझमेलाको अवस्था आउला। अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्नेछ। स्वास्थ्यमा गडबडी भई कामकाजमा असर पर्न सक्छ। ठूलाबडाको आशीर्वादले काम बन्न सक्छ। खर्च बढ्नेछ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ३८, सेयर बजारमा ४४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

कुम्भ: सेवामूलक कामबाट सुख, शान्ति र सफलता मिल्नेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। प्रेमका कोपिला फक्रिएर जानेछन्। आकस्मिक धनलाभ हुनेछ। अरूको भलाइका लागि दौडधुप गर्नु पर्नेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ५१, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ५७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

मीन: विशिष्ट व्यक्तिसँगको भेटघाटले आत्मविश्वास र उत्साह बढाउनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। प्रेम सम्बन्ध गहिरिएर जानेछ। भिन्नता नै भविष्यको हस्ताक्षर हो भन्ने मन्त्र ख्याल गर्नु होला।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६५, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।

प्रकाशित: २८ जेठ २०८३ ६:२६ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast