अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प। फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार हर्मोज स्ट्रेटबाट तेलले भरिएका जहाजहरू आवतजावत गर्न थालेको दाबी गरेका छन्।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेर यो जानकारी दिएका हुन्।
उनले भनेका छन्,‘जहाजहरू हर्मोज स्ट्रेट बाहिर निस्कन थालेका छन्, जसमध्ये धेरैजसो तेलले भरिएका छन्। तिनीहरू दक्षिणी राजमार्गबाट गइरहेका छन्, जुन पूर्ण रुपमा सुरक्षित छ। यद्यपि आवतजावतका लागि अन्य वैकल्पिक मार्गहरू पनि छन्।’
राष्ट्रपति ट्रम्पको यो भनाइ अमेरिका र इरानबीच सम्झौताका लागि बनेको सहमतिपछि आएको हो।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले अमेरिका र इरानबीच भएको सम्झौतामा जुन १९ मा जेनेभामा हस्ताक्षर हुने जानकारी दिएका छन्।
उनका अनुसार पाकिस्तानले यस हस्ताक्षर समारोहको आतिथ्यता गर्नेछ।
प्रकाशित: १ असार २०८३ २१:११ | Monday, June 15, 2026
प्रतिक्रिया




