सुनचाँदीकै भाउ बढ्यो

हिमाल प्रेस ३१ जेठ २०८३ ११:१३ | Sunday, June 14, 2026
26
SHARES
सुनचाँदीकै भाउ बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको भाउ बढेको छ। शुक्रबार तोलामा पाँच हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला दुई लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो। आइतबार चाँदीको मूल्य पनि बढेको छ।

शुक्रबार प्रतितोला चार हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय ११ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित: ३१ जेठ २०८३ ११:१३ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast