चार लाख २३ हजारले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता

हिमाल प्रेस २६ जेठ २०८३ १२:३१ | Tuesday, June 9, 2026
10
SHARES
चार लाख २३ हजारले अद्यावधिक गरे कांग्रेसको क्रियाशील सदस्यता कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाबारे विवरण सार्वजनिक गर्दै समय सीमित भएकाले तत्काल प्रक्रिया पूरा गर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।

उनका अनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल सात लाख ८२ हजार दुई सय नौ जना सदस्यमध्ये चार लाख २३ हजार दुई सय ३७ जनाले एनसीआईडी प्राप्त गरिसकेका छन्। त्यस्तै, एक लाख एक हजार तीन सय नौ जनाले स्वयं अद्यावधिक फारम पेस गरी प्रक्रिया अगाडि बढाएका छन्।

अझै पनि दुई लाख ५७ हजार ६६३ जना सदस्यले विवरण अद्यावधिक गर्न बाँकी रहेको उनले जानकारी दिए।

महामन्त्री पौडेलले समाजिक सञ्जालमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय अब मात्र दुई दिन बाँकी रहेको उल्लेख गर्दै प्राविधिक वा अन्य कारणले छुटेका सबै सदस्यलाई निर्धारित समयभित्र अनिवार्य रूपमा विवरण अद्यावधिक गर्न आग्रह गरेका छन्।

उनले पार्टीका अग्रज नेताहरू, विभिन्न तहका पदाधिकारी तथा अगुवा कार्यकर्तालाई समेत आफ्नै सदस्यता अद्यावधिक गर्नुका साथै आफ्नो क्षेत्रका अन्य सदस्यलाई पनि यस प्रक्रियामा सक्रिय रूपमा सहजीकरण गर्न अपिल गरेका छन्।

पौडेलले प्रविधिमा आधारित संगठन र व्यवस्थित सूचना प्रणाली निर्माण गर्ने अभियानमा सबैको निरन्तर साथ रहने विश्वास व्यक्त गरेका छन्।

अद्यावधिक प्रक्रियामा कुनै समस्या आएमा वा थप जानकारी आवश्यक परेमा पार्टीको आधिकारिक वेबसाइट www.dashboard.nepalicongress.org मा जान वा केन्द्रीय कार्यालयको सम्पर्क नम्बर 9701255555 मा सम्पर्क गर्न सकिने उनले जानकारी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast