संसदीय समितिमा अर्थमन्त्रीले झुट बोले : ज्ञानेन्द्र शाही

हिमाल प्रेस २८ जेठ २०८३ १२:३० | Thursday, June 11, 2026
8
SHARES
संसदीय समितिमा अर्थमन्त्रीले झुट बोले : ज्ञानेन्द्र शाही

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले अर्थमन्त्री स्वर्णिम वाग्लेले संसदीय समितिमा झुट बोलेको दाबी गरेका छन्। बिहीबार (जेठ २८) प्रतिनिधिसभा बैठकमा उनले कर छलीका विषयमा अर्थमन्त्रीले झुट बोलेको जिकिर गरेका हुन्।

‘भन्सारको कर छलीको कुरामा अर्थमन्त्रीलेसम्म संसदीय समितिमा गएर झुट बोल्नुभएको छ। हामीले संसदीय छानबिन माग गरेको रहरका लागि होइन,’ उनले भने। उनले करका दर हेरफेरका विषयमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएका छन्।

प्रकाशित: २८ जेठ २०८३ १२:३० | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast