रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै विन्दवासिनी कंसाकार

हिमाल प्रेस ६ असार २०८३ ७:५७ | Saturday, June 20, 2026
8
SHARES
रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै विन्दवासिनी कंसाकार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ एवं पूर्वसांसद विन्दवासिनी कंसाकारले पहिलो महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छन्। रास्वपाकी संस्थापन नेतृ कंसाकारले केन्द्रीय सदस्यमा लड्ने तयारी गरेको उनी निकट नेताहरूले बताएका छन्।

कंसाकार एसिड पीडित पनि हुन्। सानै उमेरमा अनुहारमा एसिड पीडित बनेकी उनी अहिले पनि उपचाररत छन्। भारतमा लामो समयदेखि उपचार रहे पनि समाजसेवा र राजनीतिमा उत्तिकै सक्रिय छन्। आफूजस्तै एसिड पीडितको पक्षमा कुरा राख्न र आम नागरिकको प्रतिनिधित्व गर्ने उद्देश्यले केन्द्रीय सदस्य लड्ने खोजेको उनी निकट स्रोतले जानकारी दिएको छ। उनी पार्टी राजनीति गर्नकै लागि गएको प्रतिनिधिसभा निर्वाचनमा समेत लडिनन्।

रास्वपा महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ। प्रतिनिधि र नेताहरू चितवन पुगिसकेका छन्। चितवनबाट रास्वपाले नयाँ नेतृत्व लिएर फर्किने तयारी गरेको छ।

प्रकाशित: ६ असार २०८३ ७:५७ | Saturday, June 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast