राप्रपा छाड्नेहरू बढे, काठमाडौँ जिल्ला अध्यक्षसहित नेताहरूले दिए सामूहिक राजीनामा

हिमाल प्रेस ५ असार २०८३ १३:१० | Friday, June 19, 2026
10
SHARES
राप्रपा छाड्नेहरू बढे, काठमाडौँ जिल्ला अध्यक्षसहित नेताहरूले दिए सामूहिक राजीनामा

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र असन्तुष्टि बढ्दै गएको छ। काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिम्खडासहित विभिन्न तहका नेताकार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

सिम्खडाले पार्टी आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख भएको आरोप लगाउँदै सामूहिक रूपमा राजीनामा दिएको बताएका छन्। उनका अनुसार पार्टीभित्र भनाइ र गराइबीच एकरूपता नहुँदा काठमाडौँ समितिमा रहेका पदाधिकारीहरूले संयुक्त रूपमा पार्टी छाड्ने निर्णय गरेका हुन्।

‘आजको मितिबाट राप्रपा काठमाडौँ जिल्लामा विभिन्न तहमा कार्यरत साथीहरू पार्टीबाट अलग भएर स्वतन्त्र बस्ने निर्णय गरेका छौं,’ सिम्खडाले बताएका छन्।

राजीनामा दिने समूहमा काठमाडौँ जिल्ला समिति तथा काठमाडौँ-२ क्षेत्रीय समितिमा सक्रिय रहेका नेता तथा कार्यकर्ताहरू समेत रहेको जनाइएको छ।

पार्टी परित्यागसँगै राप्रपाको काठमाडौँ संगठन संरचनामा थप असर पर्ने अनुमान गरिएको छ भने नेतृत्व तहबाट यस विषयमा औपचारिक प्रतिक्रिया आउन बाँकी छ।

प्रकाशित: ५ असार २०८३ १३:१० | Friday, June 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast