मोरङको कटहरी खण्डको हाटखोला–कटहरी खण्डमा फस्यो ट्रक, यातायात अवरुद्ध

हिमाल प्रेस ८ असार २०८३ १२:१६ | Monday, June 22, 2026
6
SHARES
मोरङको कटहरी खण्डको हाटखोला–कटहरी खण्डमा फस्यो ट्रक, यातायात अवरुद्ध

काठमाडौँ- हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा एकै स्थानमा तीनवटा मालबाहक ट्रक फसेका छन्। हुलाकी सडकको हाटखोला कटहरी खण्डमा तीनवटा ट्रक फसेका हुन्।

ठेक्का सम्झौता तोडिएपछि अलपत्र परेको सडकमा गाडी फसेको पहिलोपटक भने होइन। बर्खा लागेपछि हरेकदिन मालबाहक ट्रक फस्ने गरेका छन्। सोमबार पनि तीनवटा ट्रक एकैसाथ खाल्डोमा फसेका कारण सवारी आवागमन प्रभावित हुँदा मालबाहक सवारी रोकिएका छन्।

वर्षाका कारण कटहरी क्षेत्रको कच्ची सडकमा तीनवटा लोडेड ट्रकहरू फसेर आवतजावतमा समस्या भएकाले फसेका सवारी निकाल्ने प्रयास भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीका प्रमुख युवराज पोखरेलले बताए। ‘बर्खाको समय र कच्ची बाटो भएकाले धेरै लोड बोकेका गाडीहरू फसेका छन्’, उनले भने, ‘हामीले मेसिन पठाएर सडक खुलाउने तयारी गरिसकेका छौँ।’

राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्गको मोरङ खण्डमा ४४ किलोमिटर पर्छ। त्यसमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको राम चोकसम्म करिब ६ किलोमिटर सडक अस्तव्यस्त छ।

प्रकाशित: ८ असार २०८३ १२:१६ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast