माइतीघरमा विभिन्न मुद्दा र माग लिएर धर्ना बसिरहेका पीडितलाई भेटे गृहमन्त्रीले

हिमाल प्रेस २८ जेठ २०८३ १६:३२ | Thursday, June 11, 2026
18
SHARES
माइतीघरमा विभिन्न मुद्दा र माग लिएर धर्ना बसिरहेका पीडितलाई भेटे गृहमन्त्रीले

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा विभिन्न मुद्दा र माग लिएर धर्ना बसिरहेका पीडितहरूलाई संयुक्त रूपमा भेटेर उनीहरूको समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्।

मंगलबार दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी सम्हालेका गुरुङले माइतीघरमा विभिन्न विषयमा न्याय र सुनुवाइको माग गर्दै आन्दोलनरत पीडित पक्षसँग छलफल गरी उनीहरूका माग सम्बोधनका लागि पहल गर्ने बताएका हुन्।

गृहमन्त्रीको पदभार ग्रहण गर्दै उनले अपराध अनुसन्धानसँग सम्बन्धित सबै फाइल खोल्ने र कानुनी प्रक्रियाअनुसार निष्पक्ष छानबिन अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।

उनले नागरिकका गुनासा, पीडा र न्यायको मागप्रति सरकार संवेदनशील रहेको बताए।

प्रकाशित: २८ जेठ २०८३ १६:३२ | Thursday, June 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast