सुर्खेत- महिलालाई स्वरोजगार बनाउने उद्देश्यले सुर्खेतमा ३ दिने दलित महिला संघको आयोजनामा उद्यम विकास तालिम सन्चालन गरेको छ। तालिममा उद्यमी बनाउने सीप, बजारीकरण, व्यापारिक नीति, स्वरोजगारका क्षेत्रलगायतका वारेमा सहभागीहरुलाई सिकाइएको थियो।
शनिवार तालिम समापन गर्दै दलित महिला संघ सुर्खेतका अध्यक्ष मन्जु सुनारले महिलालाई आत्मनिर्भर बनाउन उद्यम विकास तालिमले टेवा पुग्ने बताइन्। उनले महिला स्वरोजगार बनेमा कहिल्यै पछाडि नहुने भन्दै संस्थाले महिलालाई उद्यम विकास तालिम निरन्तर दिइरहेको जनाए।
वीरेन्द्रनगर नगरपालिकाका महिला तथा बालबालिका शाखाका प्रमुख सरला रेग्मीले उद्यमी बन्नु सवैभन्दा ठूलो सीप भएको बताए। उनले सीप सिकेपछि कुनैपनि महिला भोक नमर्ने भन्दै तालिममा सिकेका सीपलाई व्यवहारमा लागू गरेर स्वरोजगार बन्न सुझाव दिए। साथै अवसरलाई सदपयोग गर्नसमेत उनले आग्रह गरे।
प्रशिक्षक उमाशंकर आचार्यले योजना र बजारीकरणलाई ध्यान दिन सके उद्यमी बन्न सकिने बताइन नवज्योति केन्द्रका निरीक्षक जरमाया बाँठाले व्यापार व्यवसाय गर्ने योजनालाई प्राथमिकता दिन आग्रह गरे। दलित महिला संघले करिव ३ सय जना महिलाहरुलाई स्वरोजगार बनाउन उद्यम विकास तालिम दिइको सचिव खगिसरा वलीले बताइन्।




