फिफा विश्वकप : ट्युनिसियामाथि स्वीडेनको ५-१ को सानदार जित

हिमाल प्रेस १ असार २०८३ १०:०९ | Monday, June 15, 2026
14
SHARES
फिफा विश्वकप : ट्युनिसियामाथि स्वीडेनको ५-१ को सानदार जित

काठमाडौँ- फिफा विश्वकपमा स्वीडेनले ट्युनिसियाविरुद्ध ५–१ को सानदार जित निकालेको छ। मेक्सिकोको मोन्टेरे स्टेडियमा भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोलले हरायो।

यासिन अयारीले खेलको सातौं मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए। ट्युनिसियन बुबा र मोरक्कन आमाबाट स्वीडेनमा जन्मेका अयारीले गोलको सेलेब्रेसन भने गरेनन्। अलेज्यान्डर इसाकले ३०औं मिनेटमा उत्कृष्ट गोल गर्दै स्वीडेनको अग्रता दोब्बर पारे।

भिक्टर ग्योकेरेले मध्यभागमा दिएको पासमा इसाकले बल एक्लै अगाडि बढाउँदै ट्युनिसियाका डिफेण्डरलाई बिट गर्दै उत्कृष्ट गोल गरे। स्वीडेनसँग दुई गोलले पछि परिरहेको ट्युनिसियाले खेलको ४३ औं मिनेटमा पहिलो गोल गर्दै खेलमा फर्कने प्रयास गरेको छ। ट्युनिसियाका लागि डिफेन्डर ओमार रेकिकले गोल गरेका हुन्। पहिलो हाफमा २–१ को अग्रता लिएको स्वीडेनले दोस्रो हाफमा तीन गोल थप्यो।

स्विडेनले ट्युनेसियाको रक्षापंक्तिको कमजोरीमा ५९ मिनेटमा भिक्टर ग्योकेरेसले सजिलै गोल गरे। अलेक्जान्डर इसाकको पासमा उनले गोल गरेका हुन्। चौथो गोल गरेको म्याथिस स्भानबर्गको नाममा रह्यो। ८४ मिनेटमा उनले गरेको गोलले मान्यता पाएन तर भारको मद्दतले गोलको निर्णय दिइएको हो।

खेल सकिन ३० सेकेन्ड मात्रै रहेको अवस्थामा अयारीले गोल गर्दै ५–१ को जित निकाले। समूह ‘एफ’ अन्तर्गतको दोस्रो खेलमा स्वीडेन र ट्युनिसिया गरेका हुन्। फिफा वरियतामा स्वीडेन ३८ औं स्थानमा छ भने ट्युनिसिया ४५ औं स्थानमा छ।

प्रकाशित: १ असार २०८३ १०:०९ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast