परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

हिमाल प्रेस १ असार २०८३ २०:४८ | Monday, June 15, 2026
18
SHARES
परराष्ट्रमन्त्री खनाल र सीपीसीका नेता लिउबीच भेटवार्ता

काठमाडौँ– चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ।

उनीहरुबीच सोमबार बेइजिङमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटपछि मन्त्री खनालले खुसी व्यक्त गर्दै नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन्।

नेताद्वयबीच रास्वपा र सीपीसी सहकार्य तथा दुवै देशका जनताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ।

मन्त्री खनाल आफ्ना चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा आइतबारदेखि चीन भ्रमणमा छन्।

प्रकाशित: १ असार २०८३ २०:४८ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast