जटिल प्रसूति समस्यामा परेकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

हिमाल प्रेस ८ असार २०८३ ११:१७ | Monday, June 22, 2026
20
SHARES
जटिल प्रसूति समस्यामा परेकी महिलाको नेपाली सेनाद्वारा हवाई उद्धार

काठमाडौँ- संखुवासभाकी एक गर्भवती महिलाको जटिल प्रसूति समस्यापछि नेपाली सेनाले हवाई उद्धार गरेको छ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेको राष्ट्रिय महिला सशक्तीकरण परियोजनाको हवाई उद्धार कार्यक्रममार्फत उक्त उद्धार गरिएको हो।

असार ७ गते संखुवासभाको पाँचखपन नगरपालिका-७ निवासी एक महिलामा जटिल प्रसूति समस्या देखिएपछि थप उपचार आवश्यक भएकाले नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको निर्देशनालयले जनाएको छ।

उद्धारपश्चात ती महिलालाई थप उपचारका लागि विराटनगरस्थित कोशी अस्पतालमा सुरक्षित रूपमा पुर्‍याइएको नेपाली सेनाले जनाएको छ।

दुर्गम तथा विकट क्षेत्रका गर्भवती र सुत्केरी महिलालाई आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सञ्चालन गरेको हवाई उद्धार कार्यक्रमअन्तर्गत नेपाली सेनाले नियमित रूपमा उद्धार कार्य गर्दै आएको छ।

प्रकाशित: ८ असार २०८३ ११:१७ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast