गभर्नर विश्व पौडेलको हस्ताक्षरित ५०० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

हिमाल प्रेस ३ असार २०८३ १२:२८ | Wednesday, June 17, 2026
14
SHARES
गभर्नर विश्व पौडेलको हस्ताक्षरित ५०० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (असार ३ गते) देखि ५०० रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ। बैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै साबिककै आकार र रंगमा केही नयाँ विशेषताहरू थप गरी नयाँ नोट बजारमा पठाएको जानकारी दिएको हो।

नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ। नोटको अगाडि भागमा ३.५ मिमि चौडा भएको सुरक्षा धागो राखिएको छ, जसलाई सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो रंग देखिन्छ। त्यसैगरी, सगरमाथाको चित्रको दायाँतर्फ रहेको कुबेरको चित्र पनि सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने बनाइएको छ।

दृष्टिविहीन व्यक्तिहरूले स्पर्श गरेर नोटको दर पहिचान गर्न सकुन् भन्ने उद्देश्यले नोटको बायाँतर्फ दुईवटा काला थोप्लाहरू राखिएका छन्।

नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ। नोटको अगाडिको तल्लो खण्डमा वि.सं. २०८२ र पछाडिको तल्लो खण्डमा २०२५ ए.डी. सिरिज नम्बर उल्लेख गरिएको छ। नोटको अगाडिको भागमा सगरमाथा हिमालको चित्र रहेको छ भने पछाडिको भागमा पाटेबाघको चित्र रहेको छ । राष्ट्र बैंकका अनुसार यो नोट झर३८ ०००००१ देखि टर८३ ९९९९९९ सम्मको प्रिफिक्समा उपलब्ध हुनेछ।

प्रकाशित: ३ असार २०८३ १२:२८ | Wednesday, June 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast