एनसेल एपबाट बस र हवाई टिकट बुकिङमा विशेष छुट

हिमाल प्रेस ८ असार २०८३ १६:०२ | Monday, June 22, 2026
एनसेल एपबाट बस र हवाई टिकट बुकिङमा विशेष छुट

काठमाडौँ- एनसेलका ग्राहकले अब एनसेल एपमार्फत बस र हवाई टिकट बुकिङ गर्दा तथा विभिन्न साहसिक गतिविधिमा सहभागी हुँदा आकर्षक छुट र विशेष सुविधा पाउने भएका छन्। एनसेल र ट्राभल प्लेटफर्म ‘ट्रिप टर्बो’ बीच भएको व्यावसायिक साझेदारीसँगै ग्राहकले यस्तो लाभ लिन पाउने भएका हुन्।

९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने एनसेलका हरेक ग्राहकले बस टिकट, आन्तरिक हवाई यात्रा र साहसिक खेलमा आकर्षक छुट प्राप्त गर्नेछन्।

ग्राहकले विभिन्न मनोरञ्जनात्मक तथा साहसिक गतिविधिमा ८ हजार रुपैयाँसम्मको छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत एनसेल ग्राहकले पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० रूपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँ छुट पाउनेछन्।

त्यसैगरी, बस टिकट बुकिङमा १११ रुपैयाँ छुटको व्यवस्था गरिएको छ। यी सबै सुविधा एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ भित्र रहेको ‘ट्रिप टर्बो’ सेक्सनमा गएर सहजै प्राप्त गर्न सकिनेछ।

एनसेलका चीफ कन्ज्युमर बिजनेस अफिसर उपाङ्ग दत्ताले भने,‘हामी कनेक्टिभिटी मात्र नभएर ग्राहकको यात्रा र जीवनशैलीसँग जोडिएका विविध सुविधा प्रदान गर्न प्रतिबद्ध छौँ। ट्रिप टर्बोसँगको यो सहकार्यले एनसेल एपमार्फत ग्राहकको यात्रालाई थप सुविधाजनक, किफायती र फलदायी बनाउनेछ।’

एनसेलले आफूलाई डिजिटल लाइफस्टाइल पार्टनरको रूपमा स्थापित गर्ने लक्ष्यका साथ यो कदम चालेको हो। ट्रिप टर्बोले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान, बस टिकट, होटल बुकिङ र होलिडे प्याकेज जस्ता सेवाहरू प्रदान गर्दै आएको छ। यो सहकार्यले डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहकहरूको दैनिक जीवनलाई सरल बनाउन मद्दत पुग्ने दुवै कम्पनीले विश्वास जनाएका छन्।

प्रकाशित: ८ असार २०८३ १६:०२ | Monday, June 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast