मेष: लाभहानि, आयव्यय समान रहनेछ। सहयोगी जस्ता देखिने व्यक्तिबाट नै भ्रम सिर्जना हुन सक्ने भएकाले निर्णय गर्दा सतर्कता अपनाउनु होला। आत्मविश्वास कमजोर हुन सक्छ।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ४४, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। निलो रङको प्रयोग नगर्ने।
वृष: अध्यात्म, ज्ञान र आत्मविकासतर्फ मन आकर्षित हुनेछ। साथीभाइको सहयोगले आत्मबल बढ्नेछ। मनोरञ्जन तथा रमाइलो भेटघाटले दिनलाई थप सुखद बनाउनेछ। यात्राबाट सकारात्मक अनुभव प्राप्त हुने सम्भावना छ।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ६२, व्यापारमा ७१, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मिथुन: कार्यक्षेत्र तथा सामाजिक जीवनमा सम्मान प्राप्त हुने सम्भावना छ। बोली र व्यवहारको प्रभावले महत्त्वपूर्ण कार्य सफल बन्नेछन्। प्रतिस्पर्धी तथा बाधा बनेका परिस्थितिमाथि विजय प्राप्त गर्न सकिनेछ।
भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७२, व्यापारमा ७४, वैदेशिक कार्यमा ५९ र शिक्षामा ७३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।
कर्कट: प्रेम, सम्बन्ध तथा सामाजिक प्रतिष्ठामा सकारात्मक वृद्धि हुनेछ। धार्मिक तथा सांस्कृतिक गतिविधिमा रुचि जाग्नेछ। मठमन्दिरको दर्शन वा आध्यात्मिक अभ्यासले मनोबल उच्च राख्न मद्दत गर्नेछ।
भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ६५, वैदेशिक कार्यमा ६७ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६५, यात्राको योग ६१ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
सिंह: हतारमा निर्णय गर्दा पछुताउनुपर्ने हुन सक्छ। वैदेशिक वा महत्त्वपूर्ण योजनामा केही ढिलाइ हुन सक्छ। स्मरणशक्ति तथा एकाग्रतामा कमी महसुस भए पनि आत्मविश्वास कायम राख्नु आवश्यक हुनेछ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४३, वैदेशिक कार्यमा ४४ र शिक्षामा ४२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५८, यात्राको योग ४६ र सम्पूर्ण भाग्याङ्क ४३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
कन्या: नयाँ अवसर पहिचान गर्ने र महत्त्वपूर्ण निर्णय लिने समय छ। प्रेम सम्बन्धमा सकारात्मक वातावरण बन्नेछ। निरन्तर प्रयासले अपेक्षाभन्दा राम्रो परिणाम दिन सक्छ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७२, वैदेशिक कार्यमा ६१ र शिक्षामा ५३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६३ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।
तुला: यात्रा, भेटघाट तथा नयाँ वातावरणसँग परिचित हुने अवसर प्राप्त हुन सक्छ। प्रभावशाली बोली र व्यवहारले अरूको मन जित्न सकिनेछ। साथीभाइसँगको भेटघाटले मनमा नयाँ ऊर्जा सञ्चार गर्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ७४ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: नयाँ अवसर तथा रोजगारसम्बन्धी योजना बन्ने सम्भावना छ। धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउने अवसर मिल्नेछ। यात्राबाट लाभ मिल्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ。प्रेम र सम्बन्धमा ७३, व्यापारमा ६०, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु: भावनाभन्दा विवेकलाई प्राथमिकता दिनु उपयुक्त हुनेछ। समय व्यवस्थापन तथा स्वास्थ्यप्रति विशेष ध्यान दिन आवश्यक छ। हठ वा जिद्दीपनाले अवसर गुम्न सक्ने भएकाले लचिलो व्यवहार अपनाउनु राम्रो हुनेछ।
भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४५, वैदेशिक कार्यमा ७४ र शिक्षामा ५२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मकर: रोकिएका तथा जटिल कार्य पुनः अघि बढ्ने संकेत देखिन्छ। बुद्धि र अनुभवको सही प्रयोगले चुनौतीपूर्ण कामसमेत सहज बन्नेछ। विशिष्ट व्यक्तिसँगको भेटघाट लाभदायक रहनेछ। उपहार वा सम्मान प्राप्त हुने सम्भावना छ।
भाग्यशाली रङ हरियो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: मनोरञ्जन, भेटघाट तथा सामाजिक सक्रियताले दिन सुखद रहनेछ। आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। विपरीत वर्गबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। धर्मकर्म तथा समाजसेवाबाट प्रतिष्ठा बढ्नेछ।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५६, व्यापारमा ६५, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
मीन: अनुभवी तथा आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ ज्ञान र अनुभव प्रदान गर्नेछ। सोचेजस्ता कामले गति लिने भएकाले आत्मविश्वास बढ्नेछ। व्यवसाय तथा पेसागत क्षेत्रमा प्रगतिको संकेत देखिन्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६५, वैदेशिक कार्यमा ७३ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।




