कांग्रेसका पाँच लाखबढीले गराए सदस्यता अद्यावधिक

हिमाल प्रेस २९ जेठ २०८३ २०:०५ | Friday, June 12, 2026
38
SHARES
कांग्रेसका पाँच लाखबढीले गराए सदस्यता अद्यावधिक कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्नेको संख्या पाँच लाख नाघेको छ।

आसन्न १५ औँ महाधिवेशनलाई लक्षित गरेर कांग्रेसले सुरू गरेको सदस्यता अद्यावधिक अभियानअन्तर्गत यो संख्या नाघेको हो।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार ५ लाख ३८ हजार ६२२ जनाले सदस्यता अद्यावधिक गरेका छन्। उनका अनुसार वडा सभापमिार्फत ५ लाख ३८ हजार ६२२ जनाले ‘एनसी आईडी’ (कांग्रेस परिचयपत्र) प्राप्त गरेका छन्। यो संख्या जेठ २८ गते राति बजेसम्मको हो।

१ लाख ४९ हजार ४०९ जनाले अद्यावधिकका लागि फारम पेस गरेको र सदस्यता अद्यावधिक प्रक्रियामा रहेको बताइएको छ। बाँकी रहेकाहरूको पनि स्वीकृत भएको अवस्थामा ६ लाख ८७ हजार ९३१ जनाको सदस्यता अद्यावधिक हुने देखिएको छ।

क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार ७ लाख ८२ हजार ६२२ सदस्यहरू अद्यावधिकका लागि योग्य रहेका थिए। ९४ हजार ६८१ जनाले सदस्यता अद्यावधिक नगरेको देखिएको छ।

प्रकाशित: २९ जेठ २०८३ २०:०५ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast