विराटनगरमा ‘वुमन लिडरसिप समिट’ हुँदै

हिमाल प्रेस २० वैशाख २०८३ २०:४३ | Sunday, May 3, 2026
26
SHARES
विराटनगरमा ‘वुमन लिडरसिप समिट’ हुँदै

विराटनगर- विराटनगरमा भोलि (सोमबार) ‘वुमन लिडरसिप समिट २०२६’  हुँदैछ। स्थानीय उद्यमशीलता, कृषि र नवप्रवर्तनलाई महिला नेतृत्वसँग जोड्दै क्षेत्रीय अर्थतन्त्रमा नयाँ बहस सुरु गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो। सम्मेलन नेपाल उद्योग परिसंघ, नेपाल उद्योग परिसंघ कोशीको संयुक्त आयोजनामा हुन लागेको हो।

आयोजक समितिका अनुसार सम्मेलनको तयारी सकिएको छ। सम्मेलन संयोजक गिरिजा सारडाका अनुसार सम्मेलनले कोशी प्रदेशका महिलालाई प्रत्यक्ष लाभ पुग्ने गरी कार्यक्रमको संरचना तयार गरिएको छ।

उनले स्थानीय स्रोतसाधन, सीप र सिर्जनशीलतालाई बजारसँग जोड्न नसक्दा महिलाहरूको क्षमता पूर्णरूपमा उपयोग हुन नसकेको उल्लेख गर्दै यो सम्मेलनले त्यही खाडल पूर्ति गर्ने प्रयास गर्ने बताइन्। ‘महिलालाई उद्यमशीलतामा प्रेरित गर्नु मात्र होइन, उनीहरूको उत्पादन र सीपलाई बजारसँग जोड्ने वातावरण सिर्जना गर्नु पनि हाम्रो लक्ष्य हो,’ उनले भनिन्।

सम्मेलनमा कृषि, पशुपालन, उत्पादन र डिजिटल प्रविधिबीचको सम्बन्धलाई जोड्दै मूल्य शृङ्खला विकासबारे गहन छलफल हुने आयोजकले जनाएको छ।

परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले प्रदेशको आर्थिक विकासलाई तीव्र बनाउन महिला सहभागिता निर्णायक हुने बताए। उनले औद्योगिक तथा व्यावसायिक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गए पनि नेतृत्व तहमा अझै चुनौती रहेको उल्लेख गर्दै यस्ता सम्मेलनले नेतृत्व निर्माणमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले गर्ने तय भएको छ। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सबिना काफ्ले, सीएनआई महिला उद्यम समितिकी अध्यक्ष विदुषी राणा, सीएनआईका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा बैंकर अनिल केशरी शाह सहभागी हुने आयोजकले जनाएको छ।

साथै काठमाडौँ र कोशी प्रदेशका विभिन्न संघसंस्थाका पदाधिकारीहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ।

प्रकाशित: २० वैशाख २०८३ २०:४३ | Sunday, May 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast