के हुँदैछ शिक्षा विधेयक?

हिमाल प्रेस १३ जेठ २०८३ १०:४६ | Wednesday, May 27, 2026
420
SHARES
के हुँदैछ शिक्षा विधेयक?

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा बन्ने ऐन कानुनले देशलाई संस्थागत प्रणालीभित्र सञ्चालन गर्न सहयोग पुग्नुपर्नेमा जोड दिएका छन्।

शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार मन्त्री पोखरेल अहिले विद्यालय शिक्षा विधेयकको तयारीमा छन्।

मन्त्री पाेखरेल ‘अहिले हामीले बनाएको ऐन–कानुनले देश सिस्टममा बसोस्’ भन्ने अवधारणालाई प्राथमिकतामा राख्दै विद्यालय शिक्षा विधेयकलाई विशेष ध्यानका साथ अध्ययन गरिरहेका छन्।

अधिकारीका अनुसार मन्त्रीले विधेयकसँग सम्बन्धित विभिन्न विषयमा गम्भीर रूपमा विचार गरिरहेका छन् र शिक्षा क्षेत्रका दीर्घकालीन सुधारका पक्षहरूलाई समेत समेट्ने प्रयास भइरहेको छ।

यद्यपि विद्यालय शिक्षा विधेयक हालसम्म शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नपुगेको मन्त्रालय स्रोतले जनाएको छ। समितिमा विधेयक प्रवेश गरेपछि त्यसमाथि थप छलफल र आवश्यक संशोधन प्रक्रियाले गति लिने अपेक्षा गरिएको छ।

विद्यालय शिक्षा विधेयक लामो समयदेखि शिक्षक, अभिभावक, स्थानीय तह तथा शिक्षा क्षेत्रका सरोकारवालाबीच चासोको विषय बन्दै आएको छ।

मन्त्रालयले विधेयकलाई व्यवहारिक, कार्यान्वयनयोग्य तथा शिक्षा प्रणालीलाई व्यवस्थित बनाउने दिशामा केन्द्रित गर्ने तयारी गरिरहेको जनाएको छ।

प्रकाशित: १३ जेठ २०८३ १०:४६ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast