काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरु निलम्बन हुन पनि तयार रहेको बताएका छन्।
बुधबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले सरकारलाई सदनप्रति जवाफदेही बनाउन आफूहरुको विरोध आगामी दिनमा पनि निरन्तर हुने भन्दै विरोध गरेकै कारण आफूहरु निलम्वन हुन पनि तयार रहेको बताए।
सरकारलाई प्रश्न गर्न नदिनेगरी सभामुखले गरेको रुलिङको समेत आफूहरुको विरोध रहेको उनले बताए। उनले सार्वभौम संसद र संसदको विधि–विधानका लागि निलम्बन हुन तयार रहेको धारणा राखे।
सुकुम्वासी, लिपुलेक, विदेशी ऋणलगायत आफूहरुका धेरै प्रश्नको जवाफ नआएकाले विरोध जनाउनुपरेको उनले बताए। उनले जनताको प्रश्नको उत्तर नदिने गैरजिम्मेवार सरकारको मूल्यांकन जनताले गर्ने उल्लेख गरे।




