इरानसँगको युद्ध चाँडै सकिन्छ : ट्रम्प

हिमाल प्रेस २४ वैशाख २०८३ १४:४९ | Thursday, May 7, 2026
4
SHARES
इरानसँगको युद्ध चाँडै सकिन्छ : ट्रम्प अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प।

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएका छन्।

आफू स्ट्रेट अफ होर्मुज र इरानको परमाणु कार्यक्रमबारे सम्झौता गर्ने प्रयास गरिरहेको उनले बताएका हुन्।

जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित एक कार्यक्रममा ट्रम्पले भने,‘हामी उनीहरूलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ। धेरैजसतो मानिसलाई थाहा छ कि हामीले सही गरिरहेका छौँ र यो धेरै चाँडै समाप्त हुनेछ।’

सीएनएनका अनुसार इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकाको यो प्रस्तावमा आफ्नो धारणा पाकिस्तानी मध्यस्थकर्ताहरूसँग साझा गर्ने बताएका छन्।

सीएनइनले स्रोतलाई उद्धृत गर्दै अमेरिका र इरान दुवै युद्ध अन्त्यका लागि सम्झौताको दिशामा अघि बढिरहेको बताएको छ।

यद्यपि इरानले भने आफू अहिले अमेरिकाले दिएको प्रस्तावमाथि विचार गरिरहेको जनाएको छ।

प्रकाशित: २४ वैशाख २०८३ १४:४९ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast