कालिमाटीमा तरकारीको मूल्य : लोकल परबल ४५, पाकेको फर्सी ५५ [अरू कति?]

हिमाल प्रेस ७ जेठ २०८३ ८:१५ | Thursday, May 21, 2026
कालिमाटीमा तरकारीको मूल्य : लोकल परबल ४५, पाकेको फर्सी ५५ [अरू कति?]

काठमाडौँ-  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज आलु, बन्दा, काउली, फर्सी, च्याउ, मुलासहितका तरकारीको भाउ बढेको छ। तर, बोडी, करेला, लौका, परबलसहितका तरकारीको भाउ भने थोरै घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ५०, रातो आलु लाम्चो २९, भारतीय सुकेको प्याज ३६, लोकल गाँजर ५५, लोकल बन्दा ३५, स्थानीय काउली ४१, लाम्चो भन्टा ३७, डल्ले भन्टा ४५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो छ।

तनेबोडी ३५, मकै बोडी ८५, करेला ५५, लौका ३७, घिरौँला ४०, लोकल परबल ४५, हरियो डल्ले फर्सी ३०, पाकेको फर्सी ५५, कन्य च्याउ १६५, डल्ले च्याउ ३२५, कुरिलो ३१५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो छ। कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७०, सानो लोकल गोलभेँडा ५३, रातो आलु लाम्चो २७, भारतीय सुकेको प्याज ३६, लोकल गाँजर ५५, लोकल बन्दा ३३, स्थानीय काउली ३८, लाम्चो भन्टा ३८, डल्ले भन्टा ४८, हाइब्रिड मुला १८ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरि तनेबोडी ५०, मकै बोडी ८५, करेला ६०, लौका ४१, घिरौँला ४३, लोकल परबल ५०, हरियो डल्ले फर्सी २८, पाकेको फर्सी ५५, कन्य च्याउ १५२, डल्ले च्याउ ३२५, कुरिलो ३१५, ब्रोकाउली ८५ रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: ७ जेठ २०८३ ८:१५ | Thursday, May 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast