नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा श्रेष्ठ

हिमाल प्रेस ८ जेठ २०८३ १६:३९ | Friday, May 22, 2026
6
SHARES
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य र कोषाध्यक्षमा श्रेष्ठ

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्षमा क्रमशः सुरकृष्ण वैद्य र मनीषलाल श्रेष्ठ निर्वाचित भएका छन्। दुवैजना अध्यक्ष अञ्जन श्रेष्ठको प्यानलबाट निर्वाचित भएका हुन्।

महासंघको केन्द्रीय कार्यसमितिको शुक्रबार बसेको बैठकबाट उनीहरू चयन भएका हुन्। महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष केन्द्रीय कार्यसमिति सदस्यहरूले निर्वाचनमार्फत चयन गर्छन्।

वरिष्ठ उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा वैद्यले त्रिवेणी समूहका रामचन्द्र संघाईलाई पराजित गरेका छन्। हेमराज ढकालले संघाईलाई समर्थन गर्न आफ्नो उम्मेदवारी फिर्ता लिए पनि निर्वाचनमा वैद्य विजयी भएका हुन्।

संघाई २०२३ को वरिष्ठ उपाध्यक्ष निर्वाचनमा अध्यक्ष अञ्जन श्रेष्ठसँग पराजित भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast