ट्रम्पले भने : इरानसँग अब अन्तिम निर्णायक वार्ता हुन्छ

हिमाल प्रेस १६ जेठ २०८३ ६:२४ | Saturday, May 30, 2026
22
SHARES
ट्रम्पले भने : इरानसँग अब अन्तिम निर्णायक वार्ता हुन्छ डोनाल्ड ट्रम्प। फाइल तस्बिर

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान ‘कहिल्यै आणविक हतियार वा बम नराख्ने’ कुरामा सहमत हुनुपर्ने जिकिर गरेका छन्।

साथै उनले इरानसँग लगभग सम्झौता भइसकेको दाबी गर्दै ‘अन्तिम निर्णय’ लिन मात्र बाँकी रहेको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले कहिल्यै आणविक हतियार वा बम राख्ने छैन भन्ने कुरामा सहमत हुनुपर्छ। हर्मुज स्ट्रेट तुरुन्तै खोलिनुपर्छ र जहाजलाई बिनाशुल्क आवतजावत गर्न दिनुपर्छ।’

साथै उनले अब हर्मुज स्ट्रेटमा अमेरिकाले लगाएको नाकाबन्दी हटाइने र त्यहाँ रोकिएका जहाजले ‘घर फर्कने’ प्रक्रिया सुरु गर्न सक्ने उल्लेख गरेका छन्।

उनले गत वर्ष इरानको आणविक स्थलहरूमा अमेरिकाले गरेको आक्रमणका कारण जमिनमुनि दबेको ुआणविक धुलोु हटाउने सम्झौता पनि भएको दाबी गरेका छन्।

ट्रम्पले भनेका छन्, ‘यो काम इरान र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीसँग नजिकको समन्वयमा गरिनेछ र त्यसपछि सामग्री नष्ट गरिनेछ।’

उनले अगाडि लेखेका छन्, ‘कम महत्त्वका अन्य केही मुद्दामा पनि सहमति भएको छ। अब म अन्तिम निर्णय लिन सिचुएसन रुममा बैठक गर्नेछु।ू

 

प्रकाशित: १६ जेठ २०८३ ६:२४ | Saturday, May 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast