युद्ध अन्त्यसम्बन्धी इरानको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार

हिमाल प्रेस २८ वैशाख २०८३ ७:२७ | Monday, May 11, 2026
8
SHARES
युद्ध अन्त्यसम्बन्धी इरानको प्रस्ताव ट्रम्पद्वारा अस्वीकार फाइल तस्बिर

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार गरेका छन्। आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले भर्खरै इरानका प्रतिनिधिहरूबाट आएको जवाफ पढेको र उक्त योजना पूर्ण रूपमा अस्वीकार्य रहेको बताएका छन्।

इरानले यसअघि पाकिस्तानका मध्यस्थकर्तामार्फत ट्रम्पलाई अर्को प्रस्ताव पठाएको थियो। उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गर्नुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने आवश्यकतामा जोड दिइएको बताइएको थियो। ‘वाल स्ट्रिट जर्नल’का अनुसार इरान आफ्नो आणविक कार्यक्रम तथा युरेनियमको भण्डारसम्बन्धी अमेरिकी मागहरूमा सहमत भएको छैन।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि इरानसँगको युद्ध अझै समाप्त नभएको र अमेरिका तथा इजरायलको उद्देश्य इरानको आणविक कार्यक्रम अन्त्य गर्नु रहेको बताएका छन्। यसअघि आइतबार तेहरानले पाकिस्तानमार्फत वासिङ्टनलाई एउटा प्रस्ताव पठाएको थियो। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार उक्त प्रस्तावमा सबै मोर्चामा युद्ध अन्त्य गरिनुपर्ने तथा तेहरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइनुपर्ने माग गरिएको थियो।

इरानको प्रस्तावमा विशेष गरी अमेरिकाले इरानी तेलमाथिको प्रतिबन्ध ३० दिनका लागि हटाउनुपर्ने तथा इरानी बन्दरगाहहरूमा लगाइएको नौसैनिक नाकाबन्दी अन्त्य गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो।

प्रकाशित: २८ वैशाख २०८३ ७:२७ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast