सुकुम्बासीलाई ‘कैदी’ सरह व्यवहार गर्नु लोकतान्त्रिक मूल्यविपरीत : कांग्रेस सहमहामन्त्री

हिमाल प्रेस २२ वैशाख २०८३ १०:४८ | Tuesday, May 5, 2026
14
SHARES
सुकुम्बासीलाई ‘कैदी’ सरह व्यवहार गर्नु लोकतान्त्रिक मूल्यविपरीत : कांग्रेस सहमहामन्त्री

काठमाडौँ- नेपाली कांग्रेसकी सहमहामन्त्री डा.डिला संग्रौला पन्तले राज्यले नागरिकलाई अभिभावकत्व दिनुको साटो आश्रयविहीन बनाएर ‘कैदी’ सरह व्यवहार गर्नु लोकतान्त्रिक मूल्य र मान्यता विपरीत भएको बताएकी छन्।

उनले वास्तविक सुकुम्बासीहरूको पहिचान र प्रमाणीकरण गरी उनीहरूलाई सुरक्षित र दीर्घकालीन आवासको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्। ‘वास्तविक सुकुम्बासीहरूको तत्काल पहिचान र प्रमाणीकरण गरी उनीहरूलाई ससम्मान सुरक्षित र दीर्घकालीन आवासमा स्थानान्तरण गर्नु पर्छ,’ उनले भनिन्।

संग्रौलाले कानुन कार्यान्वयनका नाममा नागरिकमाथि हुने कुनै पनि प्रकारका क्रुर तथा अमानवीय व्यवहार स्वीकार्य नहुने बताइन्। ‘राज्यले नागरिकलाई अभिभावकत्व दिनुको साटो आश्रयविहीन बनाएर ‘कैदी’ सरह राख्नु लोकतान्त्रिक मूल्य मान्यता विपरीतको कार्य हो,’ उनको भनाइ छ।

उनले कांग्रेस नागरिकको मौलिक अधिकार रक्षाका लागि संसद् र सडक दुवै ठाउँबाट आवाज उठाउँदै जाने बताइन्। ‘कानुन कार्यान्वयनको नाममा हुने कुनै पनि क्रुर र अमानवीय व्यवहार विरुद्ध नेपाली कांग्रेसले संसद् र सडक दुवै ठाउँबाट सशक्त पैरवी गर्दै नागरिकको मौलिक अधिकार रक्षाका लागि निरन्तर दबाब सिर्जना गरिरहने छ,’ उनले भनिन्।

प्रकाशित: २२ वैशाख २०८३ १०:४८ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast