आजको राशिफल

हिमाल प्रेस १३ जेठ २०८३ ६:३९ | Wednesday, May 27, 2026
6
SHARES
आजको राशिफल

 

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । आउनु पर्ने रुपैयाँ पैसा नआउने तथा आफन्तलाई दिएको धनले शत्रुता बढाउनेछ । धन सम्पत्ति हराउने तथा चोरी हुने हुनाले यात्रा गर्दा ख्याल गर्नुहोला । प्रेममा अविश्वास बढ्ने योग रहेको छ भने मामा तथा आफन्तसँग विवाद बढ्नेछ । राजनीतिक तथा सामाजिक प्रभाव कमजोर रहने हुनाले तपाईँको प्रतिस्पर्धीको रूपमा अरुनै देखा पर्नेछन् ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शिक्षा क्षेत्रसँग सम्बन्धित क्षेत्रमा लगानी बढाउँदा मनग्गे धन कमाउन सकिनेछ । व्यापार, उद्योग तथा शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा प्रशस्त आम्दानी हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ । उपहार तथा चिट्टा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) समाजसेवामा दिन बित्नेछ भने अरूको काम गरी प्रसन्न हुने समय रहेको छ ।  माया प्रेममा नचाहँदा नचाहँदै मनमुटाब सिर्जना हुनेछ भने जीवन साथीसँग तिक्तता बढ्ने योग रहेको छ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । अरुकै काममा समय खर्चिदा आफ्नो काम थाती रहनेछ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समयमा होस नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। मेहनत गर्दागर्दै पनि उपलब्धि प्राप्त गर्न मुस्किलै पर्ने समय छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्नाले पनि दुःख पाइनेछ। आफ्नै कमजोरीले काममा बाधा हुने सम्भावना देखिन्छ। आफन्त तथा दाजुभाइबाट सहयोग पाइने छैन भने विवाद बढ्ने योग रहेको छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) साहित्य तथा कलाकारिता क्षेत्रमा समय खर्चिँदै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । बोलेर गर्ने कुनै पनि पेसा व्यवसाय  फस्टाएर जानेछ भने काउन्सेलिङ, मोटिभेसन जस्ता क्रियाकलापमा भाग लिन तारिफ योग्य प्रस्तुति दिन सकिनेछ । कुटुम्ब, आफन्त तथा नजिकका मानिससँग भेट भई पारिवारिक माहोलामा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा नजिक भई भावना साटासाट गर्न सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयको सही सदुपयोग गरी रचनात्मक गर्दै समाजमा नाम कमाउन सकिनेछ । साथीभाइको सहयात्रा तथा सहकार्यबाट राम्रा काम गर्न सकिनेछ । प्रेम गर्ने जोडीहरूका लागी समयले साथ दिनेछ भने नयाँ प्रेम प्रस्ताव आउनेछ । विद्यार्थीहरूले पढाइमा राम्रो प्रगति गरी आफन्त तथा गुरु वर्गहरूलाई खुसी राख्न सक्नेछन् । खाद्यान्न, वित्तीय बजार,पहिरन तथा अनलाइन व्यापारमा लगानी गरी लाभ लिन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लामो दुरीको यात्रा हुनेछ भने यात्राका क्रममा ध्यान दिनुहोला समय मध्यम रहेको छ । काम गर्दा नीति नियमको पालना नगर्दा दण्ड तथा जरिवाना हुन सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा कम मात्र आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउन सक्छ ध्यान दिनुहोला । प्रेममा अविश्वास गर्नाले टाढिनु पर्ने हुन सक्छ । तर पनि विदेशी सामानको व्यापार भने फस्टाएर जानेछ भने विदेश यात्राको योग रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)  व्यापार तथा वित्तीय बजारमा गरेको लगानी फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापारबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । घर परिवार तथा समाजमा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । प्रेमील जोडीहरूका लागी समय उत्तम रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  कार्यक्षेत्रमा काम बिग्रने हुँदा आलोचना गर्नेहरू सक्रिय हुनेछन् । व्यापार व्यवसाय वा वित्तीय क्षेत्रको लगानी खस्केर जाने हुनाले आर्थिक अवस्था बिग्रनेछ । राजनीति तथा समाजसेवामा जनताको पक्षमा काम गर्न नसक्दा इज्जत प्रतिष्ठामा कमी हुनेछ । बुवा वा बुवा सरहका मानिससँग विवाद हुनेछ । सरकारी सेवामा रहेर काम गर्नेहरूले विशेष ध्यान दिनुहोला । नोकरीमा आफ्नै कमजोरीले समस्या आउनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयले साथ दिने हुँदा सानो प्रयत्नले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । धर्म तथा धर्म विस्तारको लागी समय दिनु पर्नेछ भने संस्कार परिवर्तनमा तपाईँको भूमिका महत्त्वपूर्ण हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । प्रशासनिक क्षेत्रमा तपाईँको उच्च स्तरको सहभागिता रहनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आर्थिक मुद्दाहरू हल हुनुको सट्टा थप जटिल बन्नेछ । बोलीमा रुखोपना बढी आउने हुँदा आफन्त तथा साथीभाइहरू टाढिनेछन् । भौतिक सम्पत्ति प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नु पर्नेछ । माया प्रेममा सामान्य मनमुटाब सिर्जना हुनेछ । आफन्त तथा दिदी बहिनीसँग साना कुरामा राय बाझिनेछ भने घमन्ड गर्ने बानिले आफैलाई समस्या पार्नेछ । तर पनि नसोचेको धन प्रयोग गर्न पाइने हुँदा मन प्रसन्न रहनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) एकल तथा साझेदारी व्यापार व्यवसायमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरू खुसी रहनेछन् । पारिवारिक यात्राका क्रममा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो हुनेछ । व्यापार, औद्योगिक क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रकाशित: १३ जेठ २०८३ ६:३९ | Wednesday, May 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast